पाेखरामा पार्किङबाटै उठाइयाे ७ वटा मोडिफाई बाइक
पाेखरा | चैत २८, २०८०
तस्बिर फाइल
पोखरा: मोटरसाइकलको स्वरुप परिवर्तन गरेर पार्किङमा राखेका ७ वटा मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।
कास्की प्रहरीले पोखरा महानगरपालिका–६ लेकसाइडमा स्वरुप परिवर्तन (मोडिफाई) गरि पार्किङमा राखिएका ७ वटा मोटरसाइकल हिजो (बुधवार) नियन्त्रणमा लिएको हो ।
स्वरुप परिवर्तन (मोडिफाई) गरी ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएर कारवाही गरेपनि अझै नियन्त्रणमा नआएको भन्दै २५ दिन थुनामा राखेर कारवाही गर्ने प्रक्रिया कास्की प्रहरीले अगाडि बढाएको छ ।
मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गर्ने, ध्वनी प्रदुषण गराउने कार्यमा संलग्न हुनसक्ने वर्कसप सञ्चालक, रिकन्डिसन हाउस, नम्बर प्लेट बनाउने स्थानमा जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक कार्यालय कास्कीले सचेतना कार्यक्रमसँगै स्टिकर टाँस गर्ने कार्यक्रमसमेत गरेको थियो ।
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...



